काठमाडौं। गभर्नर अधिकारी महाप्रसाद अधिकारीले रिक्त रहेको डेपुटी गभर्नर पदका लागि चार जनाको नाम सिफारिस गरेका छन्। अधिकारीले तीनजा डाक्टर डा. निलम ढुङ्गाना तिम्सिना, डा. प्रकाश कुमार श्रेष्ठ. डा. गुणाकर भट्ट र देव कुमार ढकालको नाम सिफारिस गरेका हुन्।
फागुन १९ गतेदेखि दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ अवकास भएका थिए। दुबै जना एकैदिन अवकास भए पछि अधिकारीले अर्थ मन्त्रालयमा सिफारिस गरेका हुन्।
नियम अनुसार गभर्नरले सिफारिस गरेको नाम मध्ये दुई जनालाई डेपुटी गभर्नरका लागि अर्थमन्त्रीले मन्त्रिपरिषदमा पेश गर्ने छन्।
हाल तिम्सिना नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी छिन्। त्यस्तै देव कुमार ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन्।
भट्ट अनुसन्धान विभागका प्रमुख छन् भने श्रेष्ठ माइक्रोफाइनान्स सुपरभिजन विभागमा कार्यरत छन्। श्रेष्ठ अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलका आर्थिक सल्लाहकार पनि हुन्।
यदि डा. निलम ढुङ्गाना तिम्सिना डेपुटी गभर्नर पदका लागि सिफारिस भएमा नेपालको इतिहासमै उनि पहिलो डेपुटी गभर्नर हुने छिन।



























