GB Koirala Banner Ad New

विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर, इन्टरनेट बैङ्किङको सीमा २० लाख

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर गरेको छ । केन्द्रीय बैङ्कले बुधवार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको हो ।

नयाँ व्यवस्था अनुसार अब मोबाइल बैङ्किङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि १ लाख रुपैयाँ मात्रै थियो ।

यसै गरी राष्ट्र बैङ्कले इन्टरनेट बैङ्किङ कारोबारको सीमासमेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्‍याएको छ । जसमा मर्चेन्ट पेमेन्ट २० लाख रुपैयाँ र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँ रहेको जनाइएको छ ।