काठमाडौं । आगामी चैत ९ गते सिन्धु विकास बैंकले एघारौं वार्षिक साधारण सभा बोलाएको छ । सभा आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । कोरोनाको कारण सभा भर्चुअल मध्यमबाट हुने बैंकले जनाएको छ ।
सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । साधारण सभा प्रयोजनको लागि बैंकले फागुन २८ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।





























