काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ सञ्चालनमा ल्याएको छ । अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्र अनुसार ग्लोबल आइएमई बैंकले सो कार्ड सञ्चालनमा ल्याएको हो ।
राष्ट्र बैंकले ल्याएको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरूप बैंकले डलर कार्ड जारी गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइन मार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरू नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी , युट्युब, फेसबुक, ट्वीटर, वाट्स अप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिने बैकले जनाएको छ ।
यो सुचारु गर्नका लागि बैंकका ग्राहकले नागरिकता र प्यान कार्ड पेस सहित ५०० रुपैयाँ सेवा शुल्क बुझाउनु पर्ने बैंकले जनाएको छ । यस कार्ड मार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैले सामानको भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने अन्य सेवा–सुविधाहरू लिन सकिनेछ ।





























