GB Koirala Banner Ad New

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता

काठमाडौं । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबिच औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । निरज कुमार बस्नेत(डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ,काठमाडौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो ।

साझेदारीको बारेमा बैंकका एसएमई प्रमुख बस्नेतले भन्छन्, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।

हामी औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउनेछ ।” हालसम्म बैंकले हाल ११९ वटा शाखा, १८५ एटिएम मार्फत सेवा दिँदै आएको छ ।