काठमाडौं । बैंक अफ काठमान्डूको विशेष साधारणसभा आज चैत ३ गते मंगलबार बस्दैछ । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुँदैछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ ।
सभामा बैंकले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
यस्तै, विशेष प्रस्तावमा संशोधन गर्न नियामक नेपाल राष्ट्र बैंकबाट निर्देशन भएमा आवश्यक सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
विशेष सभा गर्न बैंकले फागुन २३ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । यसर्थ, फागुन २२ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन पाउने छन् ।





























