GB Koirala Banner Ad New

आज महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । महालक्ष्मी विकास बैंकको ९.२६% लाभांश सुरक्षित गर्ने आज चैत २ गते सोमबार अन्तिम दिन हो । चैत १३ गते वार्षिक साधारण सभा बोलाएको बैंकले  चैत ३ गते मंगलबार बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ८.८०% बोनस र कर प्रयोजनको लागि ०.४६% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।

सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । सभाबाट बैंकले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउने भएको छ । हाल संस्थापक र सर्वसाधारण सेयरधनीको अनुपात ५२.४९% र ४७.५१% छ ।

बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ । कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।