काठमाडौं । प्राइम कमर्सियल बैंकले आज फागुन २८ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ ।
यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ब्याजदर ८।७५५ तोकिएको छ ।
प्राइमले ‘८.७५% प्राइम डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
साथै, मेरोसेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । प्राइमले ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये ८४% कर्जा तथा सापट, १०% लगानी, १% शाखा विस्तार र ५% अन्यमा खर्च गर्ने योजना बनाएको छ ।





























