काठमाडौं । कृषि विकास बैंकले १५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर कर प्रयोजनार्थ ०.७८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।





























