GB Koirala Banner Ad New

चैत ३ बाट नारायणी डेभलपमेन्ट बैंकको साढे २२ हजार कित्ता सेयर लिलामी खुल्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले चैत ३ गतेदेखि २२ हजार ५५७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद चैत १० गतेसम्म रहेको छ । बैंकले माघ १३ देखि फागुन ३ गतेसम्म ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । य

समा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गर्ने छ । यसमा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको अधिकांश शाखा कार्यलयबाट आवेदन दिन सकिने छ ।

लिलामी सेयरमा आवेदन दिन पाउने स्थान स्