GB Koirala Banner Ad New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  दोस्रो वार्षिक उत्सवको अवसरमा नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले विधिवत सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल स्नेही काख लाई रु. तीन लाख सहयोग गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनायो ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेल लाई हस्तान्तरण गर्नुभयो ।
उक्त आवसर मा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियोे ।

मानसिक एवं शारिरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवास सहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिई राख्नु भएको छ । बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।