GB Koirala Banner Ad New

लुम्बिनी विकास बैंक र इजीलिंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच सोमबार रेमिट्यान्स सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौतापछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने छ ।

यसका साथै लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६ हजारभन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।

छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म पु¥याउन यो सम्झौताले थप सहज हुने इजीलिंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।