GB Koirala Banner Ad New

चैत्र ३ गते बैंक अफ काठमाण्डूको बिशेष साधारणसभा 

काठमाडौं ।  चैत्र ३ गते बैंक अफ काठमाण्डूले  विशेष साधारणसभाका बोलाएको छ । बैंकले चैत्र ३ गते मंगलबार बिहान १० बजे विशेष साधारणसभा आह्वान गरेको हो ।

बैंक अफ काठमाण्डूले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ।

बैंकले सभा प्रयोजनको लागि फागुन २३ देखि चैत्र ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।