GB Koirala Banner Ad New

एनआईसी एशिया बैंकको कार्डबाट किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू। ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।

यस बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको बैंकले जनाएको छ । बैंक र sastodeal बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नुहुनेछन ।

यसका लागि ग्राहक महानुभावहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गर्नुभएको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिनुभएका ग्राहक महानुभाव सहभागी हुन सक्नुहुनेछ । यसका लागि ग्राहक महानुभावहरूले बैंकको iserve डिजिटल सेवामा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नुहुनेछ ।

अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि भएसँगै अनलाइन भुक्तानी गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको digita lnepaframework

अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई

cashlesseconomy बनाउन सहयोग पु¥याउन यस योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।