काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा मधु मरासिनी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले मरासिनीलाई सञ्चालक समितिमा पठाएसँगै समितिले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
मरासिनी हाल महालेखा नियन्त्रक छन् । नेपाल सरकारका सचिव रहेका मरासिनीलाई नेपाल बैंक हेर्ने जिम्मेवारी दिइएको हो । नियुक्त भएसँगै उनले सोमबार नै गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।
यसअघि लाभांशसम्बन्धी विवाद भएपछि यसअघिका अध्यक्ष वासुदेव अधिकारीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई अर्थ मन्त्रालयले माघ २६ गते स्वीकृत गरेको थियो । योसँगै नेपाल बैंकमा अध्यक्ष पद रिक्त थियो ।





























