काठमाडौं। नेपालको नम्बर १ लक्जरी इभी ब्रान्ड दिपलका आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका इलेक्ट्रिक भेहिकल ९इभी० ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी घोषणा गरेको छ। यो नेपालकै सबैभन्दा लामो इभी ब्याट्री वारेन्टी हो।
यसअघि दिपलका इभीमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा २ लाख ४० हजार किलोमिटर, र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको थियो। अब एमएडब्लु वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’ मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिने घोषणा गरेको छ, जसले इभी स्वामित्वलाई अझ चिन्तारहित बनाउने कम्पनीको विश्वास छ।
दिपलका इभीमा सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको चांगान कम्पनीको अत्याधुनिक मोटर जडान गरिएको छ। यस ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत ग्राहकले हाईभोल्टेज ब्याट्री पार्टस्, सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट, म्यानुफ्याक्चरिंग डिफेक्ट लगायतका हाईभोल्टेज इभी कम्पोनेन्टहरूमा वारेन्टी पाउनेछन्। साथै, ट्रयाक्सन मोटर एसेम्ब्ली, मोटर कन्ट्रोल युनिट लगायत इलेक्ट्रिक मोटर सिस्टमका महत्वपूर्ण भागहरू पनि वारेन्टीले कभर गर्नेछ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने,
“यो केवल एक्टेन्डेड वारेन्टी होइन, विश्वासको अभिव्यक्ति पनि हो। सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथि हाम्रो विश्वासका आधारमा नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो वारेन्टी लागू गरेका हौं।”
यो घोषणासँगै एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपालका इभी ग्राहकप्रति आफ्नो दीर्घकालिन प्रतिबद्धता पुनः पुष्टि गरेको मात्र होइन, इभी स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको छ।



































