काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेताआइएमई अटोमोटिभ्स् प्रा.लि ले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्री इब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।
नयाँ मसिन अत्याधिक कार्यक्षमता सहित डिजाईन अरु भन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युलइफिसेन्सीमा बिशेष ध्यान दिएको छ । डीजीम्याक्स थ्रीइब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ ।
रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइज कालीड लाइटहरु प्रयोगगरिएको छ ।
अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएकोछ । अगाडी र पछाडी दुबैतिर क्याबिनको झयाल खोल्न सकिने छ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।
सहजै मसिन संचालनगर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्थागरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ ।
यो मसिन बजारमा उपलब्ध मसिनहरु भन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीजीम्याक्स थ्रीइचौथो जेनेरेसन फिचर्समा आधारित छ ।
इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम ९भ्ःक्० जडान भएको हुँदाँ अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् ।
मसिनको अपरेशन खर्च कमलाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् ।
आइएमई अटोमोटिम्स प्रा.लि.ले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर,हाइड्रा क्रेनहरु बिक्री वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्सनेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।


























