GB Koirala Banner Ad New

जावा पेराकको औपचारिक बिक्री नेपालमा प्रारम्भ, मूल्य ७ लाख ५० हजार

काठमाडौं । नेपाली बजारमा जावाको नयाँ बाइक पेराक भित्रिएको छ । एक कार्यक्रमका बीच सो बाइक सार्वजनिक गरिएको छ । यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जावा बाइकको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा पेराक बाइक भित्र्याएको हो ।

जावा पेराक एक बबर स्टाइल बाइक हो । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो ।

नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ ।

बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् ।