GB Koirala Banner Ad New

टाटा मोटर्सको नयाँ ‘फरएभर रेन्ज’ का गाडी अब नेपालमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले फरएभर रेन्ज अन्तर्गतका पाँच नयाँ गाडी सार्वजनिक गरेको छ । टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी बी एस सिक्स प्रविधियुक्त भएको कम्पनीले जनाएको छ ।

योसँगै टाटा कम्पनी यस बी एम सिक्स इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकाले यी गाडीको बनावट आकर्षक छ ।

फेरि डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अग्रस्थानमा रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्नु हुँदै टाटा मोटर्स इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेइकल्स) मायकं बाल्डीले टाटा मोटर्सका विभन्न रेन्जका गाडी नेपाली ग्राहकहरुले रुचाइरहेको र नयाँ जेनेरेशनका प्यासेन्जर गाडी सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘डिजाइन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधार हुन्’, उहाँले भन्नुभयो ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत  राजनबाबु श्रेष्ठले बी एस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

१. नयाँ टियागो

१२०० सीसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक ) स्पोर्टी )(रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटोजस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो गाडी ६ रङ्गमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।

२. नयाँ टिगोर

१२०० सीसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेराजस्ता अत्याधुनिक सुविधा रहेका छन् । आकर्षक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँच रङ्गमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।

३. नयाँ नेक्सन

१२०० सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा ९क्ष्च्ब्० जस्ता प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजीलगायतका विशेषता भएको नेक्सन ६ रङ्गमा उपलब्ध रहेको छ ।

४. नयाँ अलट्रोज

१२०० सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सबै बनावट अल्फा(ALFA) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोबल एन क्याप मार्फत प्रमाणित भइसकेको छ । साथै ह्याचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाइल, लुक्स र अर्बन गरी चार प्रकृतिमा उपलब्ध रहेको छ ।

५. नयाँ एच फाइभ

२००० सीसी इन्जिन क्षमता भएको एच फाइभको सबै बनावट विशिष्ट OMEGARC वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ ।
एच फाइभ विभिन्न आकर्षक रङ्गमा उपलब्ध रहेको छ ।