GB Koirala Banner Ad New

कबिताः जिन्दगी

कबिताः जिन्दगी

एकै सोच तिम्रो हाम्रो,मिल्दा मिल्दै फुट भयो
हाड नाता आफ्ना भन्दै ,अनगिन्ती गुट भयो ॥

कुरा सुन्यौं निती पढ्यौं,हितकारी भनी मान्यौं
दम्भ पाल्यौ आखा छोप्यौ,तिम्रा कुरा झुट भयो ॥

सोचेको हो तिम्रो पनि,मेरो जस्तै नीति होला
ठुलो भूल गर्यौ आऊ, मेरो बाट छुट भयो ॥

सल्लाहा र बैठक् भयो,कुरा मिल्न सकेन खै
कसो कसो जोगाएको,धन्नै हाम्रो लुट भयो ॥

रोग ब्याधी सबै फाल्यौ,सम्झनाले सुख दिन्छ,
घात गर्न थाल्यौ अनी,मेरो अर्कै रुट भयो ॥

कोमल(रामचन्द्र ढकाल),काठमाडौं