GB Koirala Banner Ad New

वसुन्धरा भुसाललाई लाईभटाईम एचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा विगत पाँच दशकदेखि आफ्नो अभिनय मार्फत निरन्तर योगदान दिएको भन्दै अग्रज अभिनेत्री वसुन्धरा भुसाललाई नगद सहित लाईफटाइम एचिपमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । मध्यपुर ठिमी स्थित दुई पोखरीको माझमा स्टेज बनाएर पोखरी परिसर आयोजना गरिएको पाँचौँ संस्करणको एपिक नेपाल म्युजिक अवार्ड २०८१ मा भुसाललाई सो सम्मान प्रदान गरिएको हो ।

समारोहमा अभिनेता भुवन केसी, पल शाह, सञ्चारकर्मीद्धय ऋषि धमला, ऋषि थपलिया पनि सम्मानित भए । कार्यक्रममा आधुनिक, पप, लोक पप, पर्व विशेष, काँठे र देउडा, चलचित्रसहित विभिन्न ४० विधामा अवार्ड प्रदान गरियो ।