नबोली नबोली कुरा गर्छ कोही
नडुली नडुली ,पुगी दिन्छ कोही ॥
म भन्छु कुटीमा ,मिठा बात गर्नु
नसुनी नसुनी ,बुझि दिन्छ कोही ॥
म बाटो उनैको ,पछि लाग्न खोज्छु
नजादै नजादै ,पुगी दिन्छ कोही ॥
यहा बाड्छ कस्ले,खुशी ज्ञान मन्त्र
नढाटी नढाडी,झुटो बोल्छ कोही ॥
तिमी हौ कि गंगा ,नसुक्ने पधेरी
नजानी नजानी,भरी दिन्छ कोही ॥


























