युगयुग रहनू!

त्यो बाटो!
तिमी हाम्रो सहारा हौ!
तिमी यहाँबाट सुरु हुन्छौ
र त्यहाँ पुग्छौ
स्पष्ट देखिन्छौ
दोधारमा परेकालाई
स्पष्ट पार्छौ
र त तिमी बाटो हौ!
गोरेटो हौ
वा घोडेटो नै किन नहौ!
तिमी हामीलाई
डोर्याउँछौ !
सबै तिम्रो सल्लाहमा
हिड्छन्
तिम्रै इशारामा पाइला
बढाउछन्
तिमीप्रति आम्
मानिसका
आसा भरोसा कति
कति!
तिमी नहुँदा
वा हराउँदा
मानिस अत्तालिन्छन्!
ऊनीहरूको
उस्तै पर्दा होसै गुम्छ!
तिमीलाई नभेटेसम्म
ऊनीहरुको
फड्को बेफड्को हुन्छ!
ऊनीहरूको भविष्य
रून्छ!
ऊनीहरूको वर्तमान नै
गिल्गिलिन्छ,
थिलथिलिन्छ!
आफ्नो अतितबाट ऊर्जा
लिएर
तिमी बाटोलाई
ऊनीहरूले
खोज्नै पर्ने हुन्छ!
तिमीलाई बनाउनै पर्ने
हुन्छ!
तिमीलाई ठम्याउनै पर्ने
हुन्छ!
कति कति !
असल चिज बाटो!
तिमी गोरेटो
वा घोडेटो!




























