GB Koirala Banner Ad New

‘नेपाल आइडल’का तीनै निर्णायक परिवर्तन

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् ।फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहनु भएको छ ।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताउनु भयो ।

उहाँले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गर्नुभयो । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताउनु भयो ।

ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरूले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायक सहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् ।

सीजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।