GB Koirala Banner Ad New

गायिका अन्जु पन्तले गरिन् विवाह

काठमाडौँ । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । बुधवार उनले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् ।

भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।

केही समय अगाडि थिरसँग विवाहको चर्चा चले पनि पन्त भने मौन रहँदै आएकी थिइन् भने थिरले स्वीकार गर्दै आएका थिए ।

गायिका पन्तको यस अगाडि गायक सङ्गीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अन्जुको एक छोरी समेत छिन् ।