GB Koirala Banner Ad New

विश्व कीर्तिमानी राज्यमन्त्री मानन्धर राष्ट्रपतिबाट सम्मानित

काठमाडौं । गायन क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल हुनु भएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले राष्ट्रपतिलाई शिष्टाचार भेट गर्नुभएको छ । शहरी विकास राज्यमन्त्रीले चार घण्टा पाँच मिनेट बीस सेकेन्डको एकल सांगेतिक प्रस्तुती दिएर विश्वकै पहिलो मन्त्री बन्न सफल बन्नु भयो ।
उक्त कार्यको मूल्याङ्कन गर्दै राष्ट्रपतिको भवन शितल निवासमा बढाई ज्ञापन गर्नुभयो ।
शहरी विकास राज्यमन्त्री सहित वल्र्ड बुक्स अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, चर्चित ¥यापर निर्णय श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान लगायत ज्ञानेन्द्र कार्की, राज मानन्धर सामेल भएको थियो । राष्ट्रपतिले सम्पूर्ण टोलिहरुलाई विश्व कीर्तिमान कायम गराउनको लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन र सम्मान व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा समग्र नेपाल राष्ट्रको गरिमा र अस्मितालाई विश्वभर फैलाउन सफल हुनुभएकोमा माननिय मानन्धरज्यूलाई राष्ट्रपतिज्यूले हार्दिक बढाई ज्ञापन गर्नुभएको थियो ।