काठमाडौं । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएम आइटी’ बीच सम्झौता भएको छ ।
विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिप मुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएम आइटी बीच सम्झौता भएको हो ।
कुमारी जब प्रा.लि का प्रवन्ध निर्देशकसन्देश भण्डारी र केसिएम आइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लि का प्रवन्ध निर्देशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए ।
यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन् ।
यस सहकार्यबाट Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM,अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिम सहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’केसिएम आइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो ।
यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, Bachelor of Computer Applications –BCA, तीनवटा स्नातकतहको अध्यन अध्यापन गराइन्छ ।































