काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौं (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १००/अकिंत दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८,०२,५०० कित्ता शेयर समेत) कित्ता निष्काशन गर्नको लागि सनराइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृतकुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौंमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।
२०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी बृद्धि गरी एक अर्ब र जारी पूँजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४,९४,०००कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,०००कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूँजी कायम गर्ने जानकारी गराइयो ।
.




























