GB Koirala Banner Ad New

आज नेप्से ४० दशमलव ६४ अंकले उकालो लाग्यो

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से ४० दशमलव ६४ अंकले बढेर २५ सय १५ दशमलव शून्य तीन विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको शेयर झण्डै २७ अंकले बढेको छ भने व्यापारको ९७, होटल तथा पर्यटनको ५६ लागेको हो ।

यस्तै विकास बैंकको ३८, जलविद्युतको ३१, फाइनान्सको २३, निर्जीवन बीमाको एक सय ८३, उत्पादनको ६८, अन्यको २७, माइक्रो फाइनान्सको ८१, जीवन बीमाको तीन सय ५९ र लगानी समूहको शेयर झण्डै दुई प्रतिशतले बढेको छ । आज दुई सय नौ कम्पनीका एक करोड १८ लाख ३८ हजार कित्ता शेयर पाँच अर्ब ६९ करोड २३ लाख रुपैयाँमा किनबेच भएका छन् ।