चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। बुधबार राति एक बजे गम्भीर प्रकृतिको हृदयाघात भएपछि उहाँलाई बेइजिङ्गस्थित अस्पतालको आइसीयुमा राखी उपचार भइरहेको छ। उहाँको स्थितिबारे अहिले केही बताइएको छैन ।
बीआरआईसम्बन्धी एक कार्यक्रममा चीन सरकारको निमन्त्रणा स्वीकार गर्दै उहाँ चार दिन अघि बेइजिङ पुग्नुभएको थियो। आज बिहिबार औपचारिक कार्यक्रम सम्पन्न भएपछि श्रेष्ठ मानसरोवर यात्रामा गएर चार दिनपछि ल्हासा हुँदै काठमाडौ फर्कने कार्यक्रम निर्धारित थियो ।
आज अपरान्हसम्ममा उहाँको स्थितिबारे स्पष्ट हुने बुझिएको छ।































