GB Koirala Banner Ad New

मर्मत पश्चात निगमका सबै जहाज सञ्चालनमा

नेपाल वायु सेवा निगमका सबै जहाज सञ्चालन रहेको निगमले जनाएको छ । गत केही दिन देखि निगमका जहाजहरुमा प्राविधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउण्डेड भई उडानहरु प्रभावित भएको हुँदा नियमानुसार आवश्यक मर्मत पश्चात सञ्चालनमा ल्याइएको निगमले जनाएको छ ।

नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा असोज २९ गते देखि सबै जहाजहरु नियमित उडानमा रहेको निगमले जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुनेछ भन्ने निगमको विश्वास रहेको छ ।

अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनिकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान प्रतिवद्धता समेत निगमले जनाएको छ ।

साथै, यस्ता समस्याहरु दोहोरिन नदिने गरि काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युबराज अधिकारीले कडा निर्देशन दिदै उक्त जहाज ग्राउण्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न र कतै कसैको कमि कमजोरी भएमा कडा कार्वाही समेत हुने भनी निर्देशन समेत दिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।