काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ ।
आइतबारबाट प्रा.लि.ले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा.लि को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौँ महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।
जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातायात प्रा.लि ले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो।






























