GB Koirala Banner Ad New

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइलाई उपचारका लागि काठमाडौं ल्याइदै

काठमाडौं । मनाङ एयरको ९एनएएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान सवा ७ बजेतिर दुर्घटना भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट पिके सेढाइमात्रै रहेको र उनी सुरक्षित रहेका छन् । उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स हस्पिटल ल्याइँदैछ ।