GB Koirala Banner Ad New

आजबाट हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’

 

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज बाट देशभरका हलमा तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ एकसाथ रिलिज भएका छन् । ‘परदेशी २’ र ‘कौसीद’ सामाजिक कथामा आधारित चलचित्र हो भने ‘बसेन्जी’ तथा हरर-थ्रिलर जनराको चलचित्र हो।

गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो।  विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन।

त्यस्तै, आजैबाट रिलिज भएको अक्रो चलचित्र हो, ‘बसेन्जी’। हरर जनरामा निर्माण गरिएको यस चलचित्रमा असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको शीर्ष भूमिकामा छन्। चलचित्रलाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् ।