GB Koirala Banner Ad New

एसिसी यू-१९ प्रिमियर कप : इरानमाथि नेपालको सानदार जित

एसिसी यू-१९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ।

बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो।

नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो।

इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान थोरै रनमा आउट भए।

बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३-३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए।त्यसअघि  पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो।

देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्। नेपालका लागि यू-१९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्।

देवको शतकका साथै नेपालका लागि ओपनर दीपक बोहराले ६५ रन र दीपक डुम्रेले ६९ रन जोडे।

मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन,  साउदी अरेबिया र इरान छन्।  समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछ।

अब नेपालले आइतबार बहराइनसँग खेल्नेछ।