GB Koirala Banner Ad New

महासचिव पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय टोली चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली शनिबार बेलुका चीन प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु टुकाभद्र हमाल, राम राना,  सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू भगवती थापा क्षेत्री , रचना खड्का,  मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन्।

टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने छ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने एमालेले जनाएको छ ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष, एमाले र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए।