काठमाडौं। तीन/चार वर्षदेखि सक्रिय राजनीतिमा लागेकी नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीकी साहलाई मन्त्रीको शपथ खुवाएका हुन् ।
शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले सोमवार बिहान संघीय मामिला मन्त्रीका रूपमा साहलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
माओवादीका अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतकी साहलाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
चार महिनाअघि पनि जनमतका अब्दुल खान खानेपानी मन्त्री भएका थिए । तर, उद्योग मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।






























