GB Koirala Banner Ad New

सन नेपाल लाइफको सेयर सर्वसाधारणलाई ३२ गतेबाट सेयर बिक्री, मूल्य २३९ रुपैयाँ

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ।कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको हो।

कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। कम्पनीले यसैबाट ९६ करोडको सेयर जारी गर्ने छ।

यसबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गरिसकेको छ। सर्वसाधारणको भागमा ७६ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ।

अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर २३९ रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो।