GB Koirala Banner Ad New

लक्ष्मी र सनराइज बैंकको असार २९ बाट एकीकृत कारोबार सुरु हुँदै

काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिएर आगामी शुक्रबार (असार २९ गते)बाट एकीकृत कारोबार थाल्ने भएका छन्।

दुवै बैंक मर्जरका लागि गत पुसमा समझदारी भएको थियो। गत असार ८ गते भएको दुवैको साधारणसभाले गाभिन स्वीकृति दिएको थियो।

समझदारी अनुसार, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत साबिकको लक्ष्मी बैंकबाटै हुने छन्। अहिले रमण नेपाल अध्यक्ष र अजयविक्रम शाह प्रमुख कार्यकारी अधिकृत छन्। सनराइज बैंकका सुमन शर्मा बैंकबाट बााहिरिने छन्।

गाभिने प्रक्रिया मिलाउनका लागि दुवै बैंक बुधबार र बिहीबार (असार २७ र २८ गते) बन्द हुने छन्। तथ्यांक मिलाउनु पर्ने भएकाले उनीहरुको सम्पूर्ण सेवा बन्द गरिने छ।

दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।