GB Koirala Banner Ad New

लघुवित्तले उपत्यका बाहिर २ शाखा खोलेपछि मात्र उपत्यकामा शाखा खोल्न पाउने

काठमाडौं ।  लघुवित्त कम्पनीहरुले २०७७ को पुस मसान्तपछि काठमाडौं उपत्यका बाहिर २ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकामा शाखा नभएको स्थानमा १ शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकामा भनिएको छ, ‘काठमाडौं उपत्यका बाहिर २०७७ पुस मसान्तपछि २ वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडाहरुमा १ शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिनेछ ।’ तर, काठमाडौं बाहिर शाखा खोल्दा कम्तीमा एउटा शाखा गाउँपालिकामा हुनुपर्ने व्यवस्था गरिएको छ ।