काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार १ गतेदेखि आइपीओ विक्री गर्दैछ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। सर्वसाधारणका लागि भने कम्पनीले असार २० गतेदेखि आइपीओ विक्र गर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको हो।































