GB Koirala Banner Ad New

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सर्वसम्मतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकार कोतर्फबाट  संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।