काठमाण्डौं। नेपाल राष्ट्रिय अभिभावक संघको केन्द्रीय समितिको अध्यक्षमा पोष बहादुर जि.सी निर्विरोध बिजयी भएका छन् ।शनिबार काठमाण्डौंमा आयोजित संघको छैठौं राष्ट्रिय अधिवेशनमा ६५ केन्द्रीय समितिमा सबै निर्विरोध चयन भएका छन् ।
प्रमुख अथिति राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, विशेष अतिथि संस्थाका पूर्व अध्यक्ष तथा संरक्षकद्वय वाङछे शेर्पा तथा धर्मदत्त देवकोटा शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर (PABSON) का राष्ट्रिय अध्यक्ष डि. के ढुंगाना तथा (NPABSON) का प्रतिनिधिहरु, संस्थाका संस्थापक महासचिव बामदेब गौतम तथा पूर्व महिला उपाध्यक्ष शान्ता नराल को उपस्थिती रहेको थियो साथै आयोजक समितिका सदस्य तथा संस्था केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य , जिल्ला अध्यक्षहरु साथै प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनमा संघको संक्षिप्त प्रतिवेदन , गत बर्ष सम्पन्न भएको पन्ध्रौं साधारण सभा पश्चात भए गरेका मुख्य कार्य तथा गतिविधिहरु र समसामयिक प्रस्तावहरुका साथै आय व्यको विवरण समेत प्रस्तुत गरीयो ।
संस्थाका नव निर्वाचित अध्यक्ष जि.सीले यस संघको अबका कार्यहरु फरक ढंगले संघको विधान अनुसार अभिभावकको हकहितमा रहेर कार्यगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।






























