काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबारका नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ लगायत नुवाकोट जिल्लाका बरिष्ठ उच्चपदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।
सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरु बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।
अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुई वटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ ।
यस कम्पनीबाट उत्पादितटि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको High Ductility भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसलेFe500D छड पनि उत्पादन गरी उपभोक्तामाझ पु¥याउदै आएको छ ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।
सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भन्नुभयो, “यहाँहरुक ामिहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँउचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरु प्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”






























