GB Koirala Banner Ad New

काठमाडौंमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुन: स्थापना कार्यसुरु

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एव पुन: स्थापनाको काम गर्न आज संयुक्तरुपमा भूमिपूजन कार्यक्रमको शुभारम्भ गर्नुभयो।

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, काठमाडौं महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी रामबहादुर कुँवर, हनुमानढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एव म्स्थानीय सदस्यकोसहभागीता थियो। भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए।

साँस्कृतिक सम्पदा क्षेत्रको नर्निर्माणमा भारत सरकारले प्रतिवद्धता जनाएको नेरु। ५.८ अर्ब आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो।

यी सबै २८साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन्। सन् २०१७ अगस्टमायी क्षेत्रहरुको पुनर्निर्माण हेतु नेपाल सरकार र भारत सरकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनस्र्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ। केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो।

२०७२ सालको भूकम्पले क्षतिपु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिकाअनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एव म्पुनस्र्थापना हुनेछ ।

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिने छ।

मन्दिरको साजसज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पु¥याइने छ। यसका परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिने छ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थापना कार्यमा Indian National Trust for Art and Cultural Heritage (INTACH)   ले प्राविधिक सहयोग प्रदान गर्नेछ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्लयुगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिनेर काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन्।
यी जीवित साँस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षणएवम्पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्ध हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित छ।