GB Koirala Banner Ad New

टेलिकमको एसईई अफर

नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । चैत्र २४ वाट उपलब्ध यो अफर ३ महिना सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुनेछ । अफरमा निःशुल्क सिम र बोनस अन रिचार्ज रहन्ेछ ।

सिमकार्ड प्रगोगमा आउना साथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । नयाँ सिम प्राप्त गरेका बिद्यार्थीले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न ,एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न , ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त यसबाट यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा , ६०० मिनेट टकटाईम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि बिद्यार्थीले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी ,एकप्रती फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फारम
भर्नुपर्नेछ ।