GB Koirala Banner Ad New

प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। प्राइम कमर्सियल बैंकको विद्यमान संस्थापकले आफ्नो स्वामित्त्वमा रहेको ९ लाख कित्ता सेयर बिक्रीका लागि राखेका छन्। सेयर बोलकबोलबाट बिक्री गरिने भएको छ।

इच्छुक व्यक्ति तथा संस्था जोकोहीले सेयरका लागि बोलकबोल पेश गर्न सक्नेछ। कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता १३० रुपैयाँ तय गरिएको छ।

चैत २१ गतेबाट बोलपत्र बुझाउन सकिनेछ। बोलपत्र बुझाउने अन्तिम म्याद चैत २९ रहेको छ।

बोलपत्र फारम सानिमा क्यापिटलबाट प्राप्त गर्न सकिने र फारम त्यहि बुझाउनु पर्नेछ ।