काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५% बोेनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बिहान १०ः३० बजे बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२% नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
यता, लाभांश घोषणा गर्ने बित्तिकै नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । मूल्य संवेदनशील सूचना कारोबार भइरहेको समयमा नेप्सेलाई पठाएपछि आइतबार सांग्रिलाको सेयर कारोबार रोक्का भएको छ ।
धितोपत्र विनियमावली २०७५ अनुसार सेयर मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अगावै नेप्सेलाई जानकारी गराउनुपर्छ । नेप्सेले सांग्रिलाको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ ।
सांग्रिलाले हाल कायम २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित ५५ बोनस सेयर वितरणपछि यस बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ पुग्नेछ । गत वर्ष सांग्रिलाले ८।९६५ नगद लाभांश मात्र दिएको थियो



























