GB Koirala Banner Ad New

स्वरोजगार लघुवित्तको १२.३९% बोनस सेयर समायोजन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९%  बोनस सेयर समायोजन भएको छ । बोनसपछि यस लघुवित्तको समायोजित भाउ प्रतिकित्ता १३ सय १५ रुपैयाँ कायम भएको छ ।

आइतबार सोही मूल्यमा स्वरोजगारको सेयर कारोबार खुल्दैछ । कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा गर्न फागुन १५ गते शनिबारदेखि २८ गतेसम्म बुक क्लोज गरेको हो ।

सभामा १२.३९%  बोनस सेयर र कर प्रयोजनका लागि ०.६५% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । साथै, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।