GB Koirala Banner Ad New

टेकूस्थित पचली भैरव मन्दिरको पाटी पुनर्निर्माण सुरु

काठमाडौं । काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।

२०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रा.लि.लाई दिइएको छ ।

मेयर  शाक्यले महानगरपालिकाको सम्पदा संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गुठीहरुको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गराउनुभयो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्र विश्व सम्पदा सूचिमा सूचिकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गर्नुभयो । विश्वको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने उहाँको जोड छ ।